अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोट लम्चीका नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का सल्लाहकार तथा लम्ची आधारभुत विद्यालयका पुर्व प्रधानाध्यापक ज्ञानहरी आचार्यको निधन भएको छ ।
नुवाकोट लम्चीका नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का सल्लाहकार तथा लम्ची आधारभुत विद्यालयका पुर्व प्रधानाध्यापक ज्ञानहरी आचार्यको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा ७० बर्षको उमेरमा दु:खद निधन भएको हो ।
३ दिन अघि अचानक बिरामी परी भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो ।
आचार्य अर्घाखाँची जिल्लाको बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका पुराना अग्रज,लम्ची आधारभुत विद्यालयका पुर्व प्रधानाध्यापक ,एक बौद्धिक सामाजिक व्यक्क्तिव हुनुहुन्थ्यो ।