भारतका विभिन्न सहरमा ‘क्वारेन्टाइन’मा रहेका नेपालीहरु स्वेदश फर्कन थालेका छन् ।
‘लकडाउन’का कारण उत्तराखण्डको रुद्रपुर र काशीपुरस्थित क्वारेन्टाइनमा बसेका नेपालीहरु १४ दिन पूरा गरी हिँडेरै सीमाक्षेत्र आइपुगेका हुन् ।
१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि भारतीय पक्षले कोरोनाको संक्रमण नदेखिएको भन्दै काम गर्नसक्ने अनुमति दिएपछि उनीहरु ९० किमि हिँडेर शनिबार पश्चिमी सिमानामा आइपुगेका हुन् ।
झन्डै १०० बढीको संख्यामा रहेका उनीहरु अहिले सीमावर्ती भारतीय बजार खटिमा अलपत्र अवस्थामा छन् ।
नाकामा दुवै देशले कडाइ गरेकाले खटिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतीय पक्षले जहाँबाट आएका हुन्, त्यहीँ पठाउने तयारी गरेको छ । इमेजखबरमा समाचार छ ।