सन्धिखर्क र चुत्राबेसी बजारमा बिपन्न परिवारलाई एभरेस्ट बैंकका कर्मचारीहरूले राहत बितरण गरे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र चुत्राबेसी बजारमा बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । 
एभरेस्ट बैंक अर्घाखाँची शाखाका कर्मचारीहरूको आर्थीक सहयोगमा सन्धिखर्क र चुत्राबेशी बजारमा दैनिक ज्यालादारी गरि खाने १५ जना बिपन्न परिवारलाई राहत बितरण गरिएको हो । 
१५ बिपन्न परिबारलाई चामल, तेल, दाल, नुन र साबुन प्रदान गरिएको नगरसभा सदस्य लक्ष्मण पराजुलीले जानकारी दिनु भयो ।

अन्य समाचारहरु