छत्रदेव गाउँपालिका कोरोना नियन्त्रणसँगै बिकास निर्माणका कामहरु पनि द्रुत गतिमा अगाडि बढ्दै

सुर्य भुसाल  
छत्रदेव, अर्घाखाँची । बिश्वब्यापी कोरोना रोगको प्रभावसँगै बिकास निर्माणका कामहरु प्रभाबित भएका बेला अर्घाखाँची जिल्लाको नमुना गाउँपालिका छत्रदेवमा भने कोरोना रोग नियन्त्रणसँगै बिकास निर्माणका कामहरु पनि द्रुत गतिमा अगाडि बढेका छन् ।
गाउँपालिकाका कर्मचारीहरु बिहान ७ बजेदेखि बिदाको दिन समेत बेलुका ७ बजेसम्म निरन्तर जनताको काममा ब्यस्त देखिन्छन । गाउँपालिकामा प्रमुख प्रशासकियको रुपमा कुशल प्रशासक खिमानन्द भुसाल हाजिर भए देखि नै जनप्रतिनिधि र कर्मचारी बिच राम्रो तालमेल मिलेपछि बिकासका कामहरु अगाडि बढेको स्थानियबासी कैलास श्रेष्ठ बताउछन् ।
गाउँपालिकामा जनताको काम छिटोछिटो गर्ने मुस्कान सहितको सेवा दिने जनमुखि पारदर्सी काम गर्ने सुशासन पार्दर्सितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निष्पक्ष जनप्रेमि कुसल सरल सबैले रुचाएका प्रशासकिय अधिकृत खिमानन्द भुसाल गाउँपालिकामा आएपछि प्रशासनिक काममा निकै सजिलो हुने गरेको स्थानियबासीहरु बताउछन् ।
गाउँपालिकाबाट हुने सबै काम कर्मचारी र जनप्रतिनिधिहरु रातदिन खटेर बिकासमा जुटेपछि नेपालकै पहिलो नमुना गाउँपालिका बन्ने निश्चित जस्तै छ । 
 
गाउँपालिकाका अध्यक्ष लेखनाथ प‍ोख्रेलले खरको छाना मुक्त गाउँपालिका, प्रत्येक घर १ सोलार अभियान काठका पोल मुक्त गाउँपालिका, बनाउन अभियान शुरु गरेका थिए  ।

अन्य समाचारहरु