सन्धिखर्क- चुत्राबेसी बजारमा चहलपहल बढ्यो (फोटो फिचर)

सागर महत 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्लामा प्रभावकारी व्यवस्थापन हुन नसक्दा अर्घाखाँची जिल्लावासी चिन्तित बनेका छन् ।
सदरमुकाम सन्धिखर्क लगायतका क्षेत्रमा चहलपहल निकै बढेको छ । सामान बोक्ने सवारी साधनले यात्रु बोकेका छन् भने पसल पनि खुलेका छन् ।
जिल्ला तहमा स्थानीय, प्रदेश र संघीय सरकारले सम्भावित जोखिम न्यूनीकरणमा ध्यान पुर्‍याउन नसक्दा कोरोना त्रासको चिन्ता थपिएको हो ।
जिल्लाको शितगंगा नगरपालिकासँग जोडिएको कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा कोरोना संक्रमित थपिँदासमेत सम्बन्धित निकायको ध्यान नपुग्दा जोखिम बढेको छ ।

अन्य समाचारहरु