शितगंगाको सिद्धारा शिल

प्रभा केसी
सिद्धारा, अर्घाखाँची । कपिलवस्तुमा दिनप्रति दिन कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेको । त्यस मध्ये तिन जिल्लाबाट प्रवेश गर्ने शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धारा झनै उच्च जोखिममा रहेको भन्दै लकडाउनलाई थप कडाई गर्ने निणर्य गरेको छ ।
शितगंगा न.पा. ९ सिद्धाराको विपत व्यवस्थापन समितिको बसेको बैठकले वडामा प्रवेश हुने सबै नाका ५ दिनसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । आज बुधबार वार्ड नं. ९ का अध्यक्ष भिम बहादुर केसीको अध्यक्षतामा बसेको बैठकले त्यस्ताे निर्णय गरेको हो । उक्त विपद व्यवस्थापन समितिले कपिलवस्तुमा कोरोना संक्रमित भेटिए पछि वडामा सतर्कता अपनाइएको हो ।
दाङ, कपिलवस्तु र अर्घाखाँची जिल्लाको संगम स्थल धानखोला हुदैं अर्घाखाँचीमा प्रवेश गर्ने पैदलयात्रुलाई भित्रिनबाट रोक्न धानखोला नाका, जुरौनी नाका लगायतका सीमा जोडिएका अन्य नाकामा भोलीबाट स्थानिय परिचालन गर्ने निर्णय गरेको छ ।
कपिलवस्तुमा संक्रमणको संख्या दिनप्रति दिन बढ्दै गएपछि उक्त क्षेत्र उच्च जोखिममा रहेको भन्दै वडाले सतर्कता अपनाउन लकडाउन प्रभावकारी बनाउन र प्रवेश नाका क्षेत्रमा कडाई गर्ने निर्णय गरेको वडा अध्यक्ष भिम बहादुर केसीले बताए ।
अर्घाखाँची जिल्लामा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको र अन्य जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएका कारणले वडामा प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको अध्यक्ष केसीको भनाई छ ।
अत्यावश्यक काम बाहेक वडाबासी बाहिरिन र भित्रिन नपाईने गरी सबै नाकाबाट प्रवेशमा रोक लगाइएको वडा अध्यक्ष भिम केसीले रातोप्रेस डटकमलाई जानकारी दिए ।
वडास्तरीय विपद व्यवस्थापन समितिमा वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सम्पूर्ण विद्यालयका प्र.अ., विभिन्न संघ संस्थाका अध्यक्ष, बुद्धजिवी, समाजसेवीहरुको उपस्थिती तथा सम्पर्क मार्फत सबै आ-आफ्नो क्षेत्रमा जिम्मेवारी बाँडफाँड गरिएको वडाले जनाएको छ । वडामा प्रवेश गर्ने सम्पूर्ण मार्गमा दैनिक पालैपालो स्थानिय युवाहरुको टिम खटाउने निर्णय भएको छ ।

अन्य समाचारहरु