दिपेन्द्र श्रेष्ठ
बल्कोट, अर्घाखाँची बैशाख ३१ बुधबार । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं ४ बल्कोटको महेन्द्र बिद्धाबोध माबिमा रहेको क्वारेन्टाइनमा रहेका सात जनाको कोरोना रोपोर्ट नेगेटिभ आएको छ ।
क्वारेनटाइनमा रहेका सात जनाको स्वाबको नमुना संकलन गरी छत्रदेव गाउँपालिकाको पहलमा पीसीआर परिक्षणको लागि गत आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।
छत्रदेव गाउँपालिकाको क्वारेनटाइनमा रहेका उनीहरुको कोरोना रिपोर्ट बुधबार बिहान नेगेटिभ आएसंगै उनीहरुलाई दिउसो होम क्वारेनटाइनमा बस्ने गरि घर घरमा पठाइएको छत्रदेव गाउँपालिकाका प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो ।
क्वारेनटाईनमा रहेका सात जना मध्ये ४ जना भारत बाट १७ दिन अघि र नेपालगंजबाट छ दिन सम्म कठिन पैदलयात्रा गरेर आएका ३ जना १२दिन अघिदेखि उक्त क्वारेनटाइनमा रहेका थिय ।
“हामीहरुलाई क्वारेनटाइनमा ब्याबस्थित तरिकाले राखी हामिहरुलाइ छत्रदेव गाउँपालिकाले निभाएको जिम्मेबारी प्रति हामीहरु आभारी छौ क्वारेनटाइनमा बस्दाका दिनहरु बितेको पत्तै भएन पालिकाका जनप्रतिनिधि संगको दैनिकी भेटघाटले घरमै बसेजस्तो अनुभूति दिलाएकोमा सिङ्गो छत्रदेव गाउँपालिकाका जनप्रतिनिधिहरुको टिमलाई बिशेष आभार प्रकट गर्न चाहन्छु आज हामीहरु घर जादैछौ अबका दिनहरुमा पनि पालिकाको नियम र नीतिमै रहेर घरमा होम क्वारेनटाइनमै बस्छौ ” क्वारेनटाइनमा बसेर हर्षोल्लासका साथ् घर जादै गरेका प्रकाश भुसालले बताए ।
क्वारेनटाइनमा रहेका उनीहरुमा कुनै पनि लक्षण देखिएको थियन तैपनि पालिकाले निभाउनुपर्ने जिम्मेबारी पुरा गर्न हामीले PCR प्रबिधि नै भरपर्दो हुनेहुदा उहाँहरुको स्वाबको नमुना संकलन गरि परिक्षणको लागि आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएका थियौ ।
उहाहरुको रिपोर्ट बुधवार बिहान नेगेटिभ आइसकेको हुदा उहारुलाई होम क्वारेनटाइनमा बस्न आग्रह गर्दै घर पठायका छौ ।
क्वारेनटाइनमा बसेकाहरुले गाउँपालिकाको नीति र नियम मर्म अनुरुप गाउपालिकाले तोकेको क्वारेनटाइनमा सहर्ष बसेर गाउँपालिकाको कोरोना न्यूनीकरण कार्यमा सहयोग पुराएको भन्दै छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलले उनीहरुप्रति आभार प्रकट गर्नुभएको थियो ।