नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुग्यो, ३६ जना निको भएर डिस्चार्ज

शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले थप ९ जना संक्रमित थपिएको पुष्टि गरेको हो। 
संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन्। 
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ। 
शुक्रबार बिहान मात्रै ९ जना संक्रमित थपिएका थिए। योसँगै एकैदिन १८ जना संक्रमित भेटिएका हुन्। जसमा बाँकेका ८ र मकवानपुरका एकजना हुन्। सेतोपाटीमा समाचार छ ।