महाभारत श्रृंखला पथमार्गमा पाणिनी पर्यटन समाज अर्घाखाँचीको ऐतिहासिक अध्ययान अवलोकन भ्रमण सम्पन्न (फोटो सहित)
May 16, 2020
डिआरजी सुमन
अर्घाखाँची डटकम् , व्युरो रिपोर्ट । अर्घाखाँची जिल्लाको पाणिनि गाँउपालिका वडा नं १ पणेना सुगुरे देखी २०७७ वैशाख २९ गते सुरु गरेको यात्रा पाणिनी तपोभूमि-देउराली-कालिकाठी-लहरेंलेक हुदै २०७७ वैशाख ३१ गते नर्तान्चल पर्वतमा पुगी प्रथम चरणको औपचारिक अध्ययन अवलोकन सम्पन्न गरेको छ ।
पाणिनी पर्यटन समाज अर्घाखाँची का अध्यक्ष झविन सुनाम , उपादक्ष्य धुर्वराज घिमिरे,सचिव केशव वन्जाडे,प्रवक्ता डिआरजी सुमन,सदस्य खुम वहादुर सुर्यवंशी,पाणिनि गाँउ पालिका वडा नं ६ का वडा सदस्य खगीस्वर पौडेल,समाजसेवी तुल वहादुर पचभैया,स्थानिय नेत्र वहादुर नेपाली,मिन वहादुर घिमिरे,सरोज नेपालीको सहभागीता रहेको यात्रा पाणिनि पर्यटन समाज अर्घाखाँचीको संयोजकत्वमा आयोजना भएको थियो ।
पाणिनी पर्यटन समाज अर्घाखाँची का अध्यक्ष झविन सुनामले संस्थागत नेतृत्व गर्नु भएको यात्रामा पदमार्ग को रुट ईन्चार्ज को भूमिका अर्घाखाँची डटकम व्युरो प्रमुख तथा पत्रकार डिआरजी सुमन ले निभाउनु भएको थियो । तीन दिनको जोखिमपुर्ण उच्च पहाड़ी पदयात्रामा जुटेको टिमले यस पदमार्ग क्षेत्रको वास्तविक नाप समेत लिएको छ भने ऐतिहासिक महत्वका गुफा लगायतका नयाँ खोज गरेको पनि छ ।
पाणिनी पर्यटन समाज अर्घाखाँची ले निकटतम समयमा एक ऐतिहासिक यात्रा गराउने लक्ष्य सहित पदमार्गको वास्तविक वस्तुस्थिति पत्ता लगाउन पनि यों यात्रा तय गरेको थियो । यस पटकको यात्रालाई समाजका सदस्य रोमाकान्त भट्टराई, राम प्रसाद भट्टराई र समाजसेवी चन्चल पोखरेल ले समन्वय गरिरहनु भएको हुदा पनि यात्रा जोखिममुक्त थियो । पाणिनी पर्यटन समाज अर्घाखाँचीले यों यात्रा लाई ठुलो उपलब्धिको रुपमा लिएको छ ।