अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची जेठ ४ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका उपमेयर टिका रेस्मीले आफ्नो जन्म दिनको अबसरमा क्वारेण्टिनमा रहेकाहरुलाई झुल बितरण गर्नु भएको छ ।
हितगंगा नगरपालिकाको ज्योती माबिमा रहेको क्वारेण्टिनमा रहेकाहरुमा मच्छेडले गर्दा रातमा सुत्न समेत समस्या भएको जानकारी पाए पछि उप मेयर रेस्मीे १४ जनालाई झुलको ब्यवस्था गर्नु भएको हो ।
क्वारेण्टिनमा रहेकोले रातमा सुत्नै समस्या भएको गुनासो गरे पछि अप्ठेरो अवस्थामा परेकाहरु लाई सहयोग गर्ने प्रतिवद्धता गरे पछि आज सञ्चारकर्मी तथा जनप्रतिनिधीको नेत्तृत्वमा उनिहरुलाई झुल बितरण गरिएको हो ।
लामखुट्टेले गर्दा डेंगु फैलिन सक्ने डर भएकोले पनि झुल बितरण गरेको रेस्मीले बताउनु भयो । यस्तै त्यहा सुरक्ष ागर्ने सुरक्षकर्मीहरुमा समेत उहाँले झुल बित।ण गर्नु भयो । झुल पाए पछि क्वारेण्टिनमा रहेका मालारानी गाउपालिका ३ का शिब प्रसाद खनाल ले खुशी ब्यत गर्दै उपमेयर लाई सबैले जन्मदिनको शुभकामना ब्यत्त समेत गरेका थिए ।