शितगंगाको सितापुरमा ७० सैयाको क्वारेन्टाइन स्थापना

झनक केसी
 सितापुर, अर्घाखांची । अर्घाखांचीको शितगंगा नगरपालिकामा वार्ड नं. २ सितापुरमा बसेको सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।
 छिमेकी जिल्ला कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरसको संक्रमण बढीरहदा शितगगा नगरपालिका पनि अति उच्च जोखिममा रहेको भन्दै आज शितगंगा नगरपालिकामा वडा न. २ ले सरस्वती माध्यमिक विद्यालयमा ७० शैयाको क्वारेन्टाईन निर्माण गरेको छ ।आवश्‍यक परे अन्य ठाउमा पनि थप क्वारेन्टाइन व्यवस्थापन गर्ने यसै वाडका अध्यक्ष गोबर्धन थापाले जानकारी दिएका छन।
यस संगै आज बसेको सर्वपक्षिय बैठकले कोरोनाकै विषयमा अर्को निर्णय पनि गरेको छ । वडाको अनुमति विना भारत लगाएत अन्य मुलुकबाट कुनै वडा, नगरपालिका वा जिल्लाबाट आएको खण्डमा यस वडाको नियमै बसेर अनिवार्य रुपमा वडाले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने छ ।
भारत तथा अन्य तेस्रो मुलुकबाट आउने व्यक्तिहरु वडा अथवा नगरपालिकामा सम्पर्क गरी क्वारेन्टिनमा बस्नु पर्ने छ । यदि सम्बन्धीत निकायमा सुचना नगरी सीधै घर गएमा परिवारका सम्पुर्ण सदस्य सहित आपनै खर्चमा क्वारेन्टिनमा बस्नु पर्ने छ । वडाका नियमहरु पालना नगरेको खण्डमा नियम अनुसार कडा भन्दा कडा कारबाहि हुने  बताईएको छ ।
भारत तथा अन्य स्थानबाट आएका वडाबासीले मोबाइल नं. ९८५७०६९४०२ मा सिधै सम्पर्क गर्न वडा अध्यक्ष गोबर्धन थापाले अनुरोध गरेका छन ।

अन्य समाचारहरु