मालारानीको हंसपुरमा २ जना कपिलवस्तुबाट भित्रिए

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुरमा २ जना कपिलवस्तु चन्द्रौटाबाट भित्रिएका छन् । 
मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुरमा २ जना कपिलवस्तु चन्द्रौटाबाट भित्रिएका श्रीमान – श्रीमती माधव नेपाली र पूजा विक नेपालीलाई वैद्यनाथ माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै मालारानीमा हिजो आईताबार १ जना भारतबाट आएका थिए । उनलाई स्थानिय क्वारेन्टाइनमा राखिएको छ । 
जिल्लामा अन्य जिल्ला लगायत भारतबाट भित्रिनेको संख्या बढेको छ ।