अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर ६ जुकेना र ७ जलुकेमा खरको छानो भएकाहरुलाई जस्ता पाता बितरण गरीएको छ ।
जुकेनाका ५६ घरधुरीलाई र जलुकेका ५६ घरधुरीलाई जस्तापाता बितरण गरीएको हो ।
पहिलो प्राथमिकता दलित, अपाङग, अल्पसंख्यक, आगलागी पिडितहरुलाइ नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरधुरीलाई ९ फीटे २५ वटा पाता उपलब्ध गराएको छ ।
अब शितगंगा नगरपालिकाको वार्ड नम्बर ६ मा लगभग ३०० घरधुरीलाई बितरण गर्न बाँकी रहेको वडाअध्यक्ष रिषी रेस्मीले जानकारी दिनुभयो ।
यस्तै वार्ड नम्बर ७ मा अझै १८४ घरधुरीलाई बितरण गर्न बाँकी रहेकोमा अर्को चरणमा बितरण गर्ने वार्ड न ७ का वडाअध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो ।
नगरपालिकाले यो बर्ष प्रत्येक वडामा खरको छानो भएका घरधुरीका लागि ९ फीटे २५ वटा जस्तापाता बितरण गर्नलागेको छ भने वार्ड नम्बर २,३ र ४ खरको छानो मुत्त गर्दैछ ।