शितगंगाको ठाडामा ५६ घरधुरीलाई जस्तापाता बितरण

अराज बेल्बासे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर १२ ठाडामा खरको छानो भएकाहरुलाई जस्ता पाता बितरण गरीएको छ ।
वडा न १२ मा ५६ घरधुरीलाइ हिजो  जस्ता पाता बितरण गरीएको हो ।  पहिलो प्राथमिकता दलित, अपाङग, अल्पसंख्यक, आगलागी पिडितहरुलाइ नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरधुरीलाई ९ फीटे २५ वटा पाता उपलब्ध गराइएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनु भयो  । 
अब शितगंगा नगरपालिकाको वडा न १२ मा अझै  ५० घरधुरीलाई  बितरण गर्न बाँकि रहेको वडाअध्यक्ष बाबुराम गैरेले  जानकारी दिनुभयो । 
नगरपालिकाले यो बर्ष प्रत्येक वडामा ५६ खरको छानो भएका  घरधुरीका लागि ९ फीटे २५ वटा  जस्तापाता बितरण गर्न लागेको छ भने वडा नम्बर २,३ र ४ खरको छानो मुत्त गर्दै छ ।
पहिलो प्राथमिकता दलित, अपाङग, अल्पसंख्यक, आगलागी पिडितहरुलाइ नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरधुरीलाई ९ फीटे २५ वटा पाता उपलब्ध गराएको छ । 

अन्य समाचारहरु