मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म १,११,७१,५३६ रुपैया जम्मा, हाल ६ जना क्वारेन्टाइनमा (पुरा विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म १ करोड ११ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ  जम्मा भएको छ । 
मालारानी गाउँपालिकाको राहत कोषमा विभिन्न व्यक्ति, संघ- संस्थाबाट अहिलेसम्म १ करोड ११ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ जम्मा भएको हो । यस्तै मालारानी गाउँपालिकामा अहिलेसम्म ८४५  परिवारलाई २० किलोको दरले राहत वितरण गरेको छ ।   
यस्तै मालारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई बताए अनुसार यहाँ हाल  ६ जना क्वारेन्टाइनमा रहेका छन् । १०४ जना घर फर्किएका छन् । १८३ खाली बेड छन् । 
साथै अहिलेसम्म ७६६  जनाको श्वास प्रस्वास सम्वन्धी (एआरआई) स्वास्थ्य जाँच भएको छ ।  
यस्तै मालारानी गाउँपालिकामा  भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या ४५०  पुगेको छ ।  
मालारानीमा अहिलेसम्म १४ ठाउँमा क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म ४७० बेडको क्षमता रहेको छ ।