शितगंगाको सुवर्णखालमा भारतबाट २५ जना भित्रिए, सबैलाई टिप्परबाट ल्याइयो

अर्घाखाँचीडट्कम संवाददाता 
सुवर्णखाल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १ सुवर्णखालमा भारतबाट २५ जना भित्रिएका छन् ।
सुवर्णखालमा भारतको हरियाणा र दिल्लीबाट बिहीवार २५ जना आएका हुन् । उनिहरुलाई कृष्णनगर नाकाबाट टिप्परमा हालेर ल्याइएको थियो ।
सुवर्णखालमा आएका सबैलाई स्थानिय क्वारेन्टाइनमा राखिएको छ । जसमामा मन्द्रे माविमा ९ जना, महेन्द्र आधारभुतमा १२ जना, १ जना  रुद्र आधारभुत विद्यालयमा  र १ जना  महाकाली आधारभुत विद्यालय क्वारेन्टाइनमा राखिएको छ ।
अर्घाखाँचीमा दैनिक रुपमा भारतबाट फर्कनेको संख्या बढेको छ । 
  

अन्य समाचारहरु