अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ र ४ धारापानीका एक युवाले लकडाउनका कारण सन्धिखर्क झर्न नसकेका स्थानियबासीलाई घर- घरमा नि:शुल्क औषधी पुराउदै आएका छन् ।
धारापानीका युवा व्यवसायी तथा समाजसेवी ऋषि भुसालले लकडाउनका कारण सन्धिखर्क झर्न नसकेका स्थानियबासीलाई घर- घरमा नि:शुल्क औषधी पुराउदै आएका हुन् ।
धारापानीबासीले ऋषिलाई ९८४००६२६७५ मा संपर्क गरेर आफुलाई चाहिएको औषधी टिपाउन सक्नेछन् । उनले सोही बमोजिम निशुल्क औषधी घरमा पुराईदिने छन् । उनले औषधीको पैसा बाहेक आफ्नो गाडी, पुराउने खर्च लिने छैनन् ।
ऋषिले यसअघि पनि समस्यामा परेका स्थानियबासीलाई निरन्तर सहयोग गर्दै आएका छन् ।