अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले भारतमा लकडाउनका कारण समस्यामा परेका आफ्ना स्थानियबासीलाई जेष्ठ २० अर्थात जुन २ सम्म नेपाल फर्कन आह्वान गरेको छ ।
पाणिनी गाउँपालिकाले आईतबार एक विज्ञप्ती जारी गरी भारतमा लकडाउनका कारण समस्यामा परेका आफ्ना स्थानियबासीलाई जेष्ठ २० अर्थात जुन २ नेपाल फर्कने समय तालिका तह गर्न आह्वान गरेको हो ।
साथै गाउँपालिकाले सुनौली, कृष्णनगर सिमामा रोकिएका आफ्ना स्थानियबासीलाई तुरुन्त संपर्क गर्न अनुरोध गरेको छ ।
यस्तो छ जारी विज्ञप्ती:-