मालारानी गाउँपालिकाका ९ स्थलका क्वारेन्टाइनमा ३२० जना पुगे,आज ९७ जना थपिए

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका स्थानिय तहका ९ स्थलका क्वारेन्टाइनमा भारतबाट आएका ३२० जनालाई व्यवस्थापना गरिएको छ ।
मालारानी गाउँपालिकाका स्थानिय तहका ९ स्थलका क्वारेन्टाइनमा भारतबाट आएका ३२० जनालाई व्यवस्थापना गरिएको हो  । आज आईतबार फेरि ९७ जना थपिएर ३२० जना भएका हुन् ।  
यस्तै अहिले मालारानी गाउँपालिकाका ९ तहका क्वारेन्टाइनमा बेड संख्या ४०६ रहेको छ ।