प्रतिनिधि सभा सदस्य , संघीय निर्वाचन क्षेत्र अर्घाखाँची
Ccc:- चन्द्र ब खड्का ,राष्ट्रिय सभा सदस्य ,…. ………..
अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने संघीय सभासद हरुलाइ संयुक्त ध्यानाकर्षण
आज बिश्वभर मानव समुदाय कोरोना भाइरसको संक्रमणसङ लडिरहेको छ। संक्रमणकै बिचमा भारतीय बिस्तारबाद नेपाल आमाकोअस्मिता माथी धावा बोल्दै थप पिडा दिइरहेको छ,यसको ससक्त प्रतिरोध नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार अनि तपाईं जनप्रतिनिधिहरुले गरिरहनुभयको छ यश प्रती धन्यवाद ब्यक्त गर्दै हामी शिक्षक कर्मचारीहरुपनीसंगै रहेकोे प्रतिबद्धता जाहेर गर्दछौं ।
माननीय ज्यु,हामी शिक्षक कर्मचारी हरुले तपाईलाई जनताको बिचमा उम्मेदवार बनाउने पार्टीको शिक्षासम्बन्धि प्रतिबद्धता पत्र र तपाईंले जनता र समाजको लागि गर्नुभएको योगदान अनि तपाईंको जनताप्रतिको अटल आस्था र बिश्वासलाई सचेत नागरिकको हिसाबले जनतामा लग्यौ फलस्वरूप तपाईं भारी मतले निर्बाचित हुनुभयको तपाईंलाई राम्रै हेक्का होला।
माननीय ज्यु आज कम्युनिष्ट पार्टीको सरकार बनेको पनि २ बर्ष बितिसकेको छ, शिक्षा क्षेत्रमा बिगतको नीति र कार्यक्रम अनि बजेटले संविधानको मर्म र भावना अनि हाम्रो न्युनतम आदर्शलाई सम्बोधन गर्न सकेन,नीति र कार्यक्रम हुदाहुदै पनि अनि न्यून बजेटको बिनियोजनले कार्यनयनको अभावमा शिक्षा क्षेत्र अन्योलता,अकर्मण्यता र संकटपुर्ण अबस्थामा नै रहयो।पुर्बाधार को पनि पुर्बाधार रहेको शिक्षा क्षेत्रको यो हबिगतले नेपाल सरकारले घोषणा गरेको समृद्ध नेपाल सूखी नेपालीको परिकल्पना पूरा होला र माननीय ज्यु?
माननीय ज्यु करोडौं खर्चेर आधा बर्ष लगायर बनायको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवदन सार्वजनिक हुन सकेको छैन ,शिक्षा क्षेत्रमा भएको दैध शिक्षा निति र बहसले संघीय शिक्षा ऐन संविधान घोषणा भयको ५ बर्ष पुगिसक्दा पनि संघीय शिक्षा ऐन आउन नसक्नु ,अनिवार्य र निशुल्क शिक्षाको बिल पासभै लालमोहर लागिसक्दा पनि न्यून बाजेटको कारणले शिक्षा यथास्थितिवादी नै छ।स्वास्थ र शिक्षा मानिसको अधारभुत अवास्यकता घोषणा गरियको छ ।नीति र कार्यक्रमले संक्रमणकालिन अस्पताल निर्माण गर्ने योजना निर्माण गरेको पनि छ तर शिक्षक अस्पताल अट्न सकेको छैन होइन माननीय ज्यु?निजामती ,सैनिक लगायतको क्षेत्रमा मात्र राज्यको ध्यानाकर्षण हुने ?शिक्षक कर्मचारी हरु यो देशमा सौतेनी आमाको छोराछोरी भैरहनुपर्ने हो र ?
माननीय ज्यु राज्य यति सम्म श्रमको शोषण गर्छ कि आफैं श्रम ऐन २०७४ घोषणा गर्छ न्युनतम तलबमान कायम गर्छ अन्य सेवामा कार्यनयन गर्छ शिक्षा क्षेत्रमा हुदैन किन? ३६ हजार बाल बिकास शिक्षकहरुको तलबमान रु ६ हाजार मात्र ,३२ हजार बिधालय कर्मचारीको तलबमान २५ सय देखि ११००० सम्म मात्र छ किन त माननीय ज्यु?? यी शिक्षक कर्मचारीहरुको गत आर्थिक बर्ष बढेको १८-२० % तलबमान पनि अर्थमन्त्रालयको सिलिङ भित्र परेन र शिक्षक कर्मचारीको रूपमा हेरियन।
माननीय ज्यु यिनै उत्पीडित समुदायको समाज ,नारा र मतबाट बिजय हुनुभयको त अबगत नैछ। यिनको मानबिय ढंगले गुजारा चल्ल?अनि गुणस्तरीय शिक्षा भोको पेटले संभावना होला ? माननीय ज्यु सरकारले नीति र कार्यक्रम पनि घोषणा गरिसकेको छ यी शिक्षक कर्मचारीहरु निरास छ्न,तपाईं र तपाईंको पार्टीलाई गरेको मतदान प्रति पक्षुतो मानिरहेका त छैनन? माननीय ज्यु सरकारले थुप्रै राम्रो काम पनि गरिरहेका छ्न तर शिक्षा क्षेत्रमा मात्र बेवास्ता किन ?
माननीय ज्यु सम्माननिय प्रधानमन्त्री ज्युबाट श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने घोषणा गरिरहदा नेपाल नयाँ युगमा प्रवेश गरेको अनुभुती हुन्थ्यो तर निजि शिक्षा क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीहरुको अझै सामाजिक सुरक्षा कोषमा दर्ता हुन सकेको छैनन् ।यी पनि तपाईंहरुकै मतदाता होइनन् र??यी श्रमिकहरुको अधिकार खोस्ने पिडकहरुलाइ कार्बाहिको दायरा भित्र ल्याउने कहिलेहोला? यी समुदायहरुले तपाईं र तपाईंको चुनावी चिन्नमा मतदान गरिरहदा के कल्पना गरेहोलान ??तपाईंले यसरी पछाडि फर्कियर पनि सोच्नु भयको होला त??
आज सिङ्गो राष्ट्र संक्रमणमा छ,शिक्षा क्षेत्र झनै लथालिङ्ग छ बिद्यार्थीहरु १० औं बर्षको लगानिको प्रतिफल एस ई ई परिक्षामा समावेश हुन परिक्षा केन्द्रको गेटमा पुगेर फर्कियका छ्न,मनोबैज्ञानिक त्रासमा छ्न,अभिभाबकहरु पीडामा छन,अन लाइन कक्षाको रिउमर चलिरहेको छ।शहरबजारको निजि बिधालयहरु बिद्यार्थी आकर्षक गर्ने नाममा अन लाइन शिक्षा रुपि अफबाह फैलाई रहेको छ यसले मुलुकमा खतरनाक दोन्द्द निम्ताउछ। यति सम्म कि दुर दराजका बिद्यार्थीहरुको घर सम्म पाठ्यसामग्री पुग्नु नै भाग्यमानी सम्झि-सम्झिनुपर्ने बाध्यता र बिवसता कायम छ,यी परिघटनाहरु दैध शिक्षा नितिको परिणाम हो। आज गाउँका सरकारी बिधालयहरु क्वारेन्टाइन बनिरहेका छ्न विद्यार्थीहरु भौतारी रहेका छन यी युबा बिद्यार्थीहरु भबिस्यका देशका निर्माता हुन ।यिनिहरुको बिश्वास जित्न सके आउदो निर्वाचन तपाईं र तपाईंको पार्टीलाई सहज हुनेछ र अन्यथा बिहारी शैलिको खरिद बिक्रि को अनैतिक निर्बाचनको सामना गर्न तयार हुनुपर्ने छ।
यी हाम्रो आवाजहरु शिक्षामा थप संक्रमण ल्याउन नदिने उदेश्यका साथ हुन। हामी शिक्षा क्षेत्रका शिक्षक कर्मचारीहरु लकडाउनको प्रतिकुलतालाइ अनुकुलतामा बदल्दै समाजको मचाहाना ,इतिहासको आवास्यकता र बर्तमान परिवसलाइ आकलन गरि बिश्वसंग प्रतिस्पर्धा गर्न सक्ने बिद्यार्थी र गुणस्तरीय शिक्षा दिन सक्ने प्रबिधिमैत्री शिक्षक बन्न तयारी छौं ।
माननीय ज्यु आसा छ ०७७/०७८ को बजेट बिनियोजनमा माथिक मुद्दाहरूको सुनुवाइ हुनेछ। नेपालको सार्बभौमसत्ता ,आत्मनिर्भर अर्थ तन्त्र निर्माण गर्दै पुर्बाधारको पनि पुर्वाधार शिक्षाक्षेत्रमा बजेटको बिनियोजन उचित गर्ने छ। समाजवाद उन्मुख नेपाली जनताको मअतकी अवमूल्यन गर्नुहुने छैन भन्ने अपेक्षा सहित ।
युवराज भुसाल
अध्यक्ष
एकीकृत अखिल नेपाल शिक्षक संगठन
जिल्ला समन्वय समिति ,अर्घाखाँची
मिति:२०७७/०२/१३