अराज बेल्बासे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १० सिद्धारामा रहेको हाम्रो एग्रो र्फममा लगाइएको ५० रोपनी क्षेत्रफलको कागती खेती बन डढेलोले सखाप पारेको छ ।
जङगलबाट आएको लागोले उत्त क्षेत्रमा लगाइएको हजारौ कागतीका बिरुवाहरु जलेर खरानी भएको फमका सञ्चालक यमलाल आर्चायले जानकारी दिनु भयो । उत्त १२ हजार बढी कागतीका बिरुवाहरु रहेको कृषि फममा जङगलमा लगाएको आगो बिरुवा लगाएको क्षेत्रमा आउदा हजारौ बिरुवा जल्दा लाखौको क्षति भएको आर्चायले जानकारी दिनु भयो । उत्त फममा कागतीका बिरुवाहरु यस क्षेत्र बाहेक प्रदेशका बिभिन्न जिल्लामा समेत निर्यात हुने गरेको छ । कपिलबस्तुका सञ्चालक आर्चायले उत्त क्षेत्रमा करोडौको लगानीमा कृषि रिसर्च सेन्टर स्थापना गर्नु भएको छ ।
उत्त फममा कागती खेती , मौरी पालन माछा पालन , बाख्रा पालन लगायतका धेरै कृषि खेती समेत रहेको छ । फममा बिभिन्न समयमा सयौ स्थानियहरु लाई रोजगारको ब्यवस्था समेत हुनगरेको छ । बिभिन्न विपतमा क्षति भए पनि स्थानिय तह हरु बाट सहयोग नभएको आर्चायको गुनासो छ केही दिन अघि समेत हावाहुरीले कागती नर्सरीको टनेल उढाएर लाखौको क्षति भएको थियो भने अहिले पुन लाखौको कागती आगोले सखाप पारेको छ ।
हरेक बर्ष यसरी आगो गलाउदा लाखौको क्षति भए पनि सम्बन्धित निकायहरुले कुनै चासो नदिने गरेका दुख ब्यत गर्नु भयो । गत बर्ष समेत बनमा लागेको लागोले सयौ बिरुबा तथा फल्ने बोटहरु नष्ट गरेको थियो ।