शितगंगा नगरपालिकाका १४ वार्डमा भारतबाट आएका ७०० बढि क्वारेन्टाइनमा व्यवस्थापन

अराज बेल्बासे 
ठाडा,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)   । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा लकडाउनको समयमा भारतबाट आउनेको सख्यामा वृद्धि हुँदै गएको छ । नगरपालिकाका १४ वडामै भारत बाट आउनेहरु बढ्दै गए पछि ब्यवस्थापनमा समेत नगरपालिकालाई चुनौती थपिएको छ । शितगंगा नगरपालिकामा ६८८  जना बिभिन्न क्वारेन्टिनमा बसेका छन करिव ५० वटा बिभिन्न बिद्यालयहरु यति बेला क्वारेन्टिनको रुपमा प्रयोग भएरहेका छन  ।
 वडा नम्बर १ मा अहिले ९५ जना क्वारेन्टिनमा रहेका छन  यस्तै वडा नम्बर २ मा १०५ जना अहिले क्वारेन्टिनमा रहेका छन । यस्तै वडा नम्बर ३ मा भारत बाट आएका २४ जना क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ३ मा रहेका क्वारेन्टिनमा आज स्वास्थ सामाग्री बितरण गरिएको छ भने क्वारेन्टिन क्षेत्रमा औषधी समेत छर्कने काम भएको छ । 
 वडा नम्बर ४ मा २४ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन थ्योती माबि बबोर्टमा ७ जना रहेको र उनिहरुको रिर्पोट आज भोलीमा आउने वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो साथै स्वास्थ समाग्री समेत आज सबै स्थानमा उपलब्ध गराक्ष्एको छ 
यस्तै वडा नम्बर ५ मा ४२ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन सबै जना भारत बाट आएका हरु त्यहाका बिभिन्न बिद्यालयमा रहेका हुन । यस्तै वडा नम्बर ६ मा ८७ जना क्वारेन्टिनमा रहेका छन त्यहा रहेका सबै जनालाई आज स्वास्थ सामाग्री ,साबुन कोल्गेट लगायतका सामाग्री बितरण समेत गरेका रेस्मीले जानकारी दिनु भयो ।
 यस्तै वडा नम्बर ७ मा ६० जना क्वारेन्टिनमा रहेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनु भयो ।  ।  वडा नम्बर ८ अहिले सम्म १८ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ९ मा अहिले ३ जना मात्र क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ९ का नजिक पर्ने अन्य वडाका बिभिन्न क्वारेन्टिनमा रहेका छन ।
यस्तै वडा नम्बर १० मा २८  जना रहेको स्वास्थ शाखाले जनाएको छ यस्तै वडा नम्बर ११ मा ४५ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन बिभिन्न ३ वटा बिद्यालयमा रहेका छन । 
 यस्तै वडा नम्बर १२ मा ५३ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन  । यस्तै वडा नम्बर १३ मा ५६ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन ।
यस्तै वडा नम्बर १४ मा  बिभिन्न ७ वटा बिद्यालयमा ९० जना क्वारेन्टिनमा रहेका वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनु भयो । क्वारेन्टिनमा बस्नेहरुको सख्या बढे सँगै ब्यवस्थापन समेत फितलो भएको छ । धेरै क्वारेन्टिनहरुमा रेखदेख गर्ने कोही छैन । बिहान बेलुका नगरपालिकाले खानाको ब्यवस्था गरेको छ घरबाटै खानेहरुलाई समेत दिनको १६० रुपिया मात्र नगरपालिकाले प्रदान गर्ने छ भने अन्य सबै ब्यवस्थापन आफै गर्नु पर्ने अबस्था छ । 
क्वारेन्टिनमा बस्नेहरुमा नास्ता तथा खानेपानीको समस्या भएको छ भने ट्वाइलेट तथा साबुन हरु एउटै प्रयोग गर्न बाध्य भएका छन ।

अन्य समाचारहरु