शितगंगाको सितापुर क्वारेन्टाइनमा रहेकालाई योगा गराउन शुरु (भिडियो, फोटो सहित)

सचिन बोहोरा
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको सरस्वती माबि क्वारेन्टाइनमा योगा गराउन शुरु गरिएको छ ।

रोगबाट लड्न सक्ने क्षमता विकास गर्नका लागि शितगंगा नगरपालिका वार्ड नम्बर २ ले क्वारेन्टाइनमा रहेका ५० जनालाई योगा गराउन शुरु गरेको हो ।
शरीरमा प्रतिरोधक शक्ति कमजोर भएको बखत रोगले आक्रमण गरेमा व्यक्ति रोगको शिकार हुन पुग्छ । कोरोना संक्रमणसगँ जुध्नका लागि क्वारेन्टाइनमा रहेका सर्वसाधरणहरुको शरीरमा प्रतिरोधक शक्ति, आत्मबल बढाउनका लागि योगा गराउन शुरु गरिएको वडाअध्यक्ष गाेवर्दन थापाले अर्घाखाँचीडट्कमलाई बताए ।
थापाले क्‍वारेन्टाइनमा बसेकाहरूको खानपान, मनोरञ्जन, शारीरिक अभ्यास, बस्ने–सुत्ने सबैको राम्रो प्रबन्ध मिलाइएको दाबी गरे । सितापुरको सरस्वती माबि क्वारेन्टाइनमा योगा गराउने कार्यक्रममा नगरप्रमुख सुर्य प्रसाद अधिकारिको पनि उपस्थित रहेको थियो ।  सितापुरको सरस्वती माबि क्वारेन्टाइनमा रहेका ५० जनालाई योगा सिकाइएको छ ।
क्वारेन्टाइनमा सर्वसाधरणहरुलाई श्वासप्रश्वास क्रिया (प्राणायाम) अन्तरगत अनुलोम विलोम, भास्त्रीका, कपालभाति, भ्रामरी, उज्जायी र व्यायाम (योगासन) अन्तरगत सुक्ष्म योग, वज्रासन र हास्यासन योगा गराइएको छ ।

अन्य समाचारहरु