अशोक खनाल
चुत्रबेसी, अर्घाखाँची जेष्ठ १४ – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न २ चुत्रबेसीमा संचालित नेपाल आयल निगमको अधिकृत बिक्रेता अर्घाखाँची आयल डिस्टिब्युटर लगायत बजारको क्षेत्रहरु स्थानीयबासिहरुको सक्रियतामा ठुलै दुर्घटनाबाट बचेको छ।
बिहान करिव ११ :१० बजेको समयमा जिल्लाको छत्रदेब गाउँपालिका वार्ड न ४ निवासी मोहन मुखियाले दुध सप्लाइको निम्ति प्रयोग गर्दै आइरहेको लु ७ प ६२३३ न को मोटरसाइकलमा पेट्रोल हालिरहेको अबस्थामा एक्कासी आगलागी भएको थियो ।
स्थानीयहरुको पहलमा उक्त मोटरसाइकललाई पम्प देखि टाढा पुर्याइको कारण पेट्रोल पम्प र बजारक्षेत्रलाई सुरक्षित भएको हो ।
भने मोटरसाइकल जलेर पुर्ण रुपमा नस्ट भएको छ ।