अनुप पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३ बराहानेटामा क्वारेन्टाइन निर्माण गरिएको छ । बराहनेटा आधारभुत विद्यालयमा २० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ ।
विश्व भर कोरोना भाइरस (Covid 19) को संक्रमण रोक्न सरकारले लकडाउन गरेको छ र छिमेकी राष्ट्र भारत, छिमेकी जिल्ला तथा अन्य जिल्ला बाट आउने नागरिकलाई क्वारेन्टाइनमा राख्नको लागि क्वारेन्टाइन स्थापन गरिएको छ । वडा अध्यक्ष लिला गौतम, वडा वासिको सहयोग र स्थानिय स्रोत र साधनको प्रयोग गरेर क्वारेन्टाइन निर्माण गरिएको हो ।
क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई साबुन, सेनिटाईजर, मास्क लगाएतका स्वास्थ्य सामाग्री उपलब्ध र विधुत र मोबाईल चार्जको लागि समेत सुबिधा गरिएको वडा अध्यक्ष लिला गौतमले बताएका छ्न ।
भारतबाट आएका ८ जना नागरिक बराहनेटा आधारभुत विद्यालयको क्वारेन्टाइनमा रहेका छ्न । साथै क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई नआत्तिन र सामाजिक दुरी कायम गरि बस्न आग्रह गरेका छ ।