शितगंगाको सितापुरमा रहेका क्वारेन्टाइनको अनुगमन, स्वास्थ चेकजाँच कार्यक्रम सम्पन्न (फोटो सहित)

झनक केसी 
सितापुर,  अर्घाखाँची जेठ १४ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा रहेका क्वारेन्टाइनको अनुगमन साथै स्वास्थ चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । 
 सितापुरको शान्ती आधारभुत घुम्टिमा रहेका २ बालबालिका सहित ३८ जना,   शान्ति आधारभुत झिर्‍रा छापाचौरमा ९ जनालाई नगर प्रमुख सुर्य प्रसाद, शितगंगा नगरपालिका स्वास्थ प्रमुख डा.विबेश मण्डल, वार्ड न.२ सद्स्य भान बहादुर क्षेत्री, कार्यपालिका सदस्य राम बहादुर दर्नाल, इप्रका ठाडा नायब निरिक्षक सालिक राम खनाल, सितापुर स्वास्थ चौकीबाट माया क्षेत्री लगायको बिशेष टोलीले अनुगमन गरेको थियो । 
अनुगमनका क्रममा दैनिक खानपान जीवनशैली, सुझाव सल्लाह अब नेपालमा केही गरौ कृषिमा आत्मनिर्भर बनौ हामी मिलेर नेपाल बनाउ भन्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले क्वारेन्टाइनमा रहेका जनतालाई हौसला दिएका छन् । 
त्यस्तै कोरोना लाग्यो भन्दैमा मरि हालिन्छ भन्ने संदेश गलत छ, हामीले आत्मबल बढाएर रोगसँग लडने क्षमतामा बिकाश गरौ केही हुदैन भन्दै अब आफ्नै गाउँमा केही गरौ हामीले सहयोग गर्न तयार छौ, अधिकारीले कृषिमा जोड दिन आग्रह समेत गरेका थिए।
साथै स्वास्थमा केही समस्या आएमा हामीलाई तुरुन्त्त खबर गर्न अनुरोध गर्दै डराउनु हुदैन कोरोनाको औषधी बनेकै छैन, हामी आफैले जित्न सक्ने क्षमतामा बिकाश गरौ भन्दै डा.बिबेश मण्डलले सबैलाई हौसला दिएका थिए।
क्वारेन्टाइनमा रहेका सबैलाई थर्मगनले स्वास्थ चेकजाँच गर्दा सबैको सामान्य रहेको मन्ड्लले जानकारी दिनुभएको छ।

अन्य समाचारहरु