अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको रेडियाे शितगंगा दोस्रो वर्षमा प्रवेश गरेको छ ।
शितगंगा नगरपालिकामा सञ्चालित शितगंगा रेडियो एफ.एम आज जेठ १५ गते दाेस्राे बर्षमा प्रवेश गरेको हो ।
एफ.एमको दोस्रो वार्षिकोत्सवको अवसरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काग्रेशका प्रवक्ता बिश्वप्रकास शर्मा, शितगंगा नगरपालिका का प्रमुख सुर्य प्रसाद अधिकारी, अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी लगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।
रेडियाे शितगंगाले जनताको आवाज बन्नुपर्नेमा जोड दिंदै जनतामा वास्तविक सूचना प्रसारण गर्न सकोस भन्ने शुभकामना उहाहरुले दिनुभएको हो । यस्तै डट्कमका प्रमुख के.सीले रेडियाे शितगंगाले धेरै प्रगति गरेको र जनताको मनमुटुमा बस्न सफल भएकोमा धन्यवाद र बधाई समेत दिनुभएको छ ।
यो वर्ष एफ.एम रेडियोले लकडाउनका कारण कुनै औपचारिक कार्यक्रम गरेन् ।
रेडियाे शितगंगा दैनिक बिहान ५ बजेबाट बेलुका १० बजेसम्म प्रशारण हुँदै आएको छ ।