जनक के.सी
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) १६ जेठ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा क्वारेन्टाइनमा बस्नेलाई हरियो काक्रो र नुन खुर्सानी बितरण गरिएको छ ।
सरस्वती माबिमा ५१ जनालाई त्यस्तै शान्ती आधारभुत घुम्टिमा रहेका ३८ जनालाई २० किलो हरियो काक्रो चिरा बनाएर नुन खुर्सानी सहित बितरण गरिएको हो।
काक्रो अन्सु फेम्सी स्टोरका प्रोपाइटर बम बहादुर आले र ट्रक व्यावसायिक निम बहादुर घर्तिमगरलाले नगरपानीको जगतबाट ल्याइएर दिएका थिए ।