भूमिकास्थान नगरपालिकाद्वारा क्वारेन्टाइन क्षमता नभएको भन्दै भारत, बाहिरबाट आउनेलाई रोक

सुर्य भुसाल भुसाल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाले स्वदेश वा विदेशमा रहेका आफ्ना नगरवासीहरुलाई १७ जेठदेखि १५ दिनका लागि जो जहाँ छ त्यही रहन आग्रह गरेको छ ।
नगरपालिकाबाट १० वटा वार्डमा व्यवस्थापन गरिएका क्वारेंटाइन स्थलहरुमा स्वदेश वा विदेशबाट आएका १०९६ जना नगरवासीहरु क्वारेंटाइनमा रहदा क्वारेन्टाइन स्थलको पूर्ण क्षमता प्रयोग भएपछि अन्नेत्र क्वारेन्टाइनमा आगन्तुक नगरवासीहरुलाई राख्न समस्या हुने भएपछी नगरपालिकाको प्रकोप व्यवस्थापन समितिको आज १६ जेठ २०७७ मा बसेको बैठकमा नगरपालिकाले येस्तो निर्णय गरेको हो ।
१५ दिन पछी पुराना क्वारेंटाइनमा बसेकाहरु क्वारेंटाइन मुक्त हुने र क्वारेंटाइन स्थल ख़ाली हुने हुदा १५ दिन पछी नब आगन्तुक नगरबासी हरुलाई क्वारेंटाइनमा व्यवस्थापन गर्न समस्या नहुने हुदा देश भित्र र विदेशबाट आऊने हरुलाई नगरपालिकाले येस्तो आग्रह गरेको हो ।
नगरपालिकाको प्रकोप व्यवस्थापन समितिका अध्यक्ष एबम  वार्ड अध्यक्ष तथा नगरकार्यपालिका सदस्य नारायण प्रसाद खनालको अध्यक्षतामा संचालित उक्त बैठकमा नगर प्रमुख रेशम थापा, नगर उपप्रमुख खड़ानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, १० वटै वार्डका वार्ड अध्यक्षहरु र नगरपालिकाका बिभिन्न कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।