अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको ठुलाखर्क क्वारेन्टाइनमा भारतबाट शुक्रबार आएका १३ जनालाई व्यवस्थापना गरिएको छ ।
भारतबाट आएका १३ जनालाई धारापानीको ठुलाखर्क स्थित श्री शकर जनसेवा प्राबी सिद्रापोखरामा व्यवस्थापना गरिएको हो ।
उता भूमिकास्थान नगरपालिकामा अहिलेसम्म १०९६ जना नगरवासीहरु क्वारेन्टाइनमा छन् ।
यहाँ सबै भारतबाट आएका हुन् ।