शितगंगाको सितापुरमा ५६ घरलाई निःशुल्क जस्तापाता वितरण

जनक के.सी 
सितापुर, अर्घाखाँची जेठ १७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड न.२ सितापुरमा खरको छानो भएकाहरुलाई निःशुल्क जस्तापाता वितरण गरीएको छ । 
सितापुरमा ५६ घरलाई २५ /२५ थानका दरले जस्ता पाता वितरण गरीएको हो । पहिलो प्राथमिकता दलित, अपाङग, अल्पसंख्यक, आगलागी पिडितहरुलाई नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरधुरीलाई ९ फुटे २५ वटा पाता उपलब्ध गराएको छ ।
सितगङ्गा वडा २ साबिक सितापुर गाबिस अन्तरगत ४२ टोलमा सबैठाउमा जस्ता पुर्याउने अभियान नै रहेको छ। अब शितगंगा नगरपालिकाको वडा न.२ मा लगभग २५ घरधुरीलाई वितरण गर्न बाँकि रहेको वडा अध्यक्ष गोबर्धन थापालेजानकारी दिए । वितरण गर्न बाँकि रहेकोमा अर्को चरणमा वितरण गर्ने अध्यक्ष थापाले जानकारी दिए ।
नगरपालिकाले यो बर्ष प्रत्येक वडामा खरको छानो भएका घरधुरीका लागि ९ फुटे २५ वटा जस्तापाता वितरण गर्न लागेको छ। भने वडा नम्बर २ मा २५ घरलाई बितरण गरेपछी खरको छानो मुक्त हुने अध्यक्ष थापाले बताएका छन तेस्तै छिमेकी वाड, ३ र ४ खरको छानो मुक्त वडा घोषणा हुदैंछ ।

अन्य समाचारहरु