ठूलो वर्षा भएसँगै कैलालीको त्रिनगर नाकामा रोकिएका नेपालीहरुले दुःख पाएका छन् ।
वर्षाबाट बच्नका लागि ओत लाग्ने ठाउँसमेत नहुँदा उनीहरु थप समस्यामा परेका हुन् ।
भारतका विभिन्न स्थानहरुबाट आएका नेपालीहरुलाई पानीले भिजाउनुका साथै बस्ने ठाउँमा समेत हिलो भएको छ । हिलो र झरीका कारण खानपिन व्यवस्थापनमा समस्या हुन थालेको छ ।
शनिबार पनि पानीमा रुझ्दै साढे ५०० नेपालीहरु आइपुगेका छन् ।
यही जेठ २ गतेदेखि भारतका विभिन्न सहरहरुबाट आएका नेपालीहरुको उद्धारको काम सुरु गरिएको थियो ।
शनिबारसम्म झन्डै ३४ हजार नेपाली स्वदेश भित्रिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । इमेजखबरमा समाचार छ ।