छत्रदेव गाउँपालिकामा आगामी बर्षको बजेट निति तथा कार्यक्रम योजना तर्जुमा गर्न बैठक शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँकार्यपालिका अन्तरगत बिभिन्न बिषयगत समितिहरुका बैठक शुरु भएका छन् ।
आगामी बर्षको बजेट निति तथा कार्यक्रम योजना तर्जुमा गर्नका लागि बैठकहरु शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले जानकारी दिनु भयो ।    
गाउँकार्यपालिकाको बैठकले क्वारेन्टाइनमा बसेका माहानुभाबहरुको कोरोना परिक्षण गर्नका लागि केन्द्रीय सरकार प्रदेश सरकारसँग किट माग गर्ने र नपुगेको किटहरु गाउँपालिकाले खरिद गर्ने निर्यण गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो ।
गाउँपालिकामा बिभिन्न शिर्षकमा रहेको बजेटलाई कोरोना कोषमा राख्ने समेत निर्यण गरेको अधिकृत भुसालले जानकारी दिनु भयो । 
बिषयगत समितिका बैठकहरु सुरु गर्ने अर्घाखाँचीको पहिलो गाउँपालिका हो ।

अन्य समाचारहरु