अर्घाखाँचीडट्कम संवादाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले आफ्ना १४ वार्डका क्वारेन्टाइनमा रहेका सबै स्थानियबासीको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण गर्ने भएको छ ।
शितगंगा नगरपालिकाले १४ वार्डका क्वारेन्टाइनमा रहेका ९१८ जनाको यही जेठ २२ गतेदेखि जेठ २२ गतेसम्म र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण गर्ने भएको हो ।
शितगंगा नगरपालिकाले यही जेठ २२ गतेदेखि जेठ २२ गतेसम्मको आरडीटी परिक्षण गर्ने समय विवरण सार्वजनिक गर्दै यसको पुरा तयारी भएको बताएको छ ।