शितगंगा नगरपालिकाद्वारा सुवर्णखालका ५६ घर धुरीलाई जस्तापाता बितरण

अर्घाखाँचीडट्कम संवाददाता 
सुवर्णखाल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १ सुवर्णखालमा जस्तापाता बितरण गरिएको छ ।
नगर प्रमुख सुर्य प्रसाद अधिकारिको उपस्तिथिमा शितगंगा नगरपालिका वार्ड नम्बर १ सुवर्णखालमा जस्तापाता बितरण गरिएको हो । 
उक्त जस्तापाता बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारिले आफ्नो ५ वर्षे कार्यकालमा खरको छानो मुक्त नगर बनाउने घोषणा गर्नु भएको थियो । 
उक्त टिन बितरण कार्यक्रममा वडासदस्य प्रेम बहादुर रेस्मी , लालमणि घिमिरे , थानिकला बि.क.कार्यपालिका सद्स्य गोपाल बि.क. वडासचिब कल्पना भण्डारी ,का.स.मुक्त बेल्बासे ,प्रहरी सइ सालिकराम खनाल,समाजसेबी मान बहादुर सिन्जापती ,कर्ण बहादुर भट्टराई ,काशीनाथ पौडेल ,खगेस्वर भट्टराई ,बिरेन्द्र अधिकारी ,खिम बहादुर अधिकारी ,बामदेब पौडेल लगायतको उपस्थिति रहेको थियो । 
सुवर्णखालका ५६ घर धुरीलाई टिन बितरण गरिएको हो।

अन्य समाचारहरु