अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा ९९ जना भारतबाट आएका छन् । सोमबारसम्म भारतबाट आउनेको संख्या ९९ पुगेको हो ।
भारतबाट आएका खाँचीकोटका ९९ जना सन्धिखर्कका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । जसमा भारतबाट आएकालाई खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइनमा ३५ जना, चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा ५४ जना, चुत्राबेसीको जन ज्योती मावीमा ३ जना, हटारीमा ६ जना र शितगंगा नगरपालिका वार्ड नम्बर २ को सितापुर घुम्तीमा १ जना रहेका छन् ।
साथै खाँचीकोटका क्वारेन्टाइनमा रहेका २६ जनाको पिसीआर परिक्षणका लागि स्वाव जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ । जसमा भारतबाट आएकालाई खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइनमा रहेका १६ जना, चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा १० जनाको पिसीआर परिक्षणका लागि स्वाव जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको हो ।
यस्तै चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा वार्डले ११ जनाको स्वयंसेवक बनाएर खटाएको छ । बिष्णु भुसालको संयोजकत्वमा ११ सदस्य समिती बनाएर स्थानीय युवाहरूलाई खटाईएको हो ।
यहाँ बाल कृष्ण शाह, केशब घिमिरे, कमल पाण्डे लगायतका युवा स्वयंसेवक टिम खटिरहेको छ ।
खाँचीकोटमा भारतबाट आउने स्थानियबासीको संख्या बढेको छ ।