धनचौरमा नेकपा वार्ड कमिटी सचिवालयको बैठक सम्पन्न

 हृदय भुसाल 
धनचौर,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरपालिका १० धनचौरको वाड कमिटी सचिवालयको बैठक सम्पन्न  भएको छ ।
बैठकले क्वारेन्टाइन ब्यबस्थापनमा सहयोग गर्ने,जनचेतना सन्चालन गर्ने  तथा सामाजिक दुरि कायम गर्ने गराउने र  कोरोनाका कारण चुलो बल्ल नसक्ने परिवारहरुलाई  आबश्यक परे राहत वितरण गर्ने,भारत बाट आउनेहरुलाई आबश्यक सहयोग गर्ने  क्वारेनटाईन बसेकाहरु को छिटो भन्दा छिटो पिसिआर चेक गराउनका लागि  सरोकारवालको ध्यानाकर्षण गराउने लगाएका महत्त्वपूर्ण निर्णय गरि बैठक सम्पन्न भएको नेकपा धन्चौरले जनाएको छ ।
बैठक प्रमुख अतिथि  नेकपा जिल्ला सदस्य तथा नगर इन्चार्ज खगिस्वर पन्थी नगरले कोरोना नियन्त्रण तथा रोकथाम लगाएतका  बिशयमा गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा नेकपा जिल्ला सदस्य तथा धन्चौर इन्न्चार्ज तारापती भट्टराई  नगर कमिटी प्रचार बिभाग प्रमुख हृदय भुसालले समसामयिक विषयमा प्रशिक्षणमुलक मनतब्य राख्नु भएको थियो ।
 बैठकमा नेकपा जिल्ला सदस्य जनक गैर नगर कमिटी सदस्य टामलाल भट्टराई नगरकमिटी सदस्य भोजन गुरुङ जिल्ला स्वास्थ बिभाग सदस्य शिवप्रकाश जिसि नेकपा नेता दामोदर भट्टराई लगाएतको आतिथ्यता रहेको थियो ।
बैठक कमिटीका अध्यक्ष सुभ बहादुर समालको अध्यक्षता तिल बहादुर रायमाझीको स्वागत मनतब्य सचिव प्रेम भट्टराईको संचालनमा सम्पन्न भएको नगर प्रचार बिभाग प्रमुख हृदय भुसालले जानकारी दिनु भयो ।