छत्रदेव गाउँपालिकामा स्थानीय राजश्व परामर्श समितिको बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको स्थानीय राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
बैठकले आगामी बर्ष २०७७/२०७८ मा गाउँपालिका भित्र त्रिपन्न लाख दस हजार राजस्व उठाउने लक्ष्य राखेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले जानकारी दिनु भयो । 
राजस्व परामर्श समितिका सयोजक गाउँपालिकाका उपाध्यक्ष तुल्सादेबि श्रेष्ठको सयोजकत्वमा पालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख अतिथ्यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालको बिषय बस्तु प्रबेसबाट सुरु भएको बैठकमा बिभिन्न क्षेत्रका बिषयगत सदस्यहरुको उपस्थिति रहेको भुसालले बताउनु भयो । 
गाउँपालिमा बिधिबत रुपमा स्थानिय सरकार सन्चान एन अन्तरगत बिधि सहमत रुपमा आगामी बर्षको बजेट तर्जुमा योजना बनाउने नमुना गाउँपालिका हो । गाउँपालिमा मा बिहान ७ बजे देखि राति ९ बजे सम्म पालिका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालको निर्देसनमा प्राबिधिक सहितका कर्मचारीहरु खटेर बिकास निर्माणका कामहरु गरिरहेका छन ।
बजेट फ्रिज नजाओस बिकासका कामहरु गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्नका लागि दिनभर अनुगमन निरिक्षण गर्ने कार्यलय प्रमुख सहितका कर्मचारीहरुले साझ बिहान अपिसियल काम सम्पन्न गर्ने गरेका छन ।
यसरी रातदिन जनप्रतिनिधि कर्मचारी खटेर काम गरेपछि छत्रदेवको बिकासले दुर्त गति लिन सम्भव भएको स्थानिय जानकारहरु बताउछन । स्थानिय सरकार सन्चालनमा कुसल निकै अनुभवी अधिकृत छत्रदेवले पाएको भन्दै स्थानियले खुलेर प्रसम्सा गर्ने गर्छन । 

अन्य समाचारहरु