अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची, २० ज्येष्ठ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा केही दिनदेखि भोकै बसेकी २५ दिनकाे सुत्केरी महिलाको उद्दार गरिएको छ ।
काठमाडौंबाट सन्धिखर्क आउँदा बाटोमा हाेटलहरु बन्द भएका कारण खाना खान नपाउदा भाेकाएर अलपत्र परेकी भूमिकास्थान नगरपालिकाकी २५ दिनकाे सुत्केरी महिलालाई उद्दार गरि खाना खुवाउने व्यवस्थ्या गरिएको हो । सुत्केरी महिलालाई चुत्राबेसी स्थित अर्घाखाँची आवसिय उच्च मावी बेलबाटिकामा रहेकाे क्वारेन्टाइनमा खाना खुवाउनु व्यवस्थ्या मिलाइएको थियो ।
भोकै बस्न वाध्य भएकी सुत्केरी सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार वि.क ले व्यवस्थापन गरेका थिए ।
चुत्राबेसी क्वारेन्टाइनमा रहेकी गर्भवतीको पिसीआरका लागि स्वाव संकलन
यस्तै सदरमुकाम सन्धिखर्कको चुत्राबेसी स्थित श्री जनज्योति मावीमा रहेकाे क्वारेन्टाइनमा रहेकी गर्भवती महिलाको डेलिभरी नजिकदै गरेको भन्दै पिसीआर परिक्षणका लागि स्वाव संकलन गरी जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ ।
भारतबाट आएकी ति महिलाको स्वास्थ्य चेक तथा स्वाब संकलन जिल्ला अस्पताल अर्घाखाँचीमा गरिएको थियो ।