धनचौर आरीचौरमा खानेपानी तथा सरसफाईका उपभोक्ताहरुलाई सावुन वितरण


हृदय भुसाल
 धनचौर, अर्घाखाँची २० जेठ । आरिचौर खानेपानी तथा पुर्ण सरसफाई उपभोक्ता समिती भुमिकास्थान नगरपालिका १० धनचौर आरीचौरले आफना खानेपानी तथा सरसफाईका उपभोक्ताहरुलाई घर घरमा पुगी सावुन वितरण गरेको छ ।
(कोभिड १९) अर्थात कारोना माहामारी बिपतको अवस्थामा उपभोक्ताहरुलाई जनचेतना दिदै सफा स्वच्छ,स्वास्थ खाना र सामाजिक दुरी कायम गर्ने बिषयमा अभिमुखिकरण गर्दे ७१ खानेपानी उपभोक्ता को परिवारलाई सावुन बितरण गरिएको उपभोक्ता समितीका अध्यक्ष कृष्ण गैरेले बताए । अध्यक्ष गैरेले भने,‘हामी हाम्रो उपभोक्तालाई थप सचेत गराउदै, बिभिन्न आवश्यक सहयोग गर्ने काम निरन्तर गरिरहेका छौ,अहिले सावुन बितरण संगै थप जनचेतनाको अभियान गरियो,गाउँमा कारोनाको कारण दिनानुदिन समस्या वढ्दै गएको छ। त्रासका कारण आत्मवल कमजोर भएकाहरुलाई भेटीे मनोबल उच्च वढाउने काम पनि गरिरहेका छौ’ गाउँमा केही समस्या परे जतिवेला पनि हामी सहयोग गर्न तयार छौ’।
कारोना माहामारी नेपालमा पनि बड्दो अवस्थामा भएको सन्दर्भमा सवैलाई सचेत गराउदै लकडाउनलाई कडाईपुर्वक पालना गर्न आग्रह गर्दै हामी हाम्रो टोलवासी सवैलाई सचेत वनाउने बिभिन्न अभियान सञ्चालन गरेको उपभोक्ता समितीकी सदस्य बिमला गैरेले बताईन् ।
सवै गाउँटोलका उपभोक्तालाई सचेत वनाउदै गाउँमा सचेतना अभियान लगाएतका महत्वपुर्ण काम गर्दै आएको उपभोक्ता तथा ७६ बर्षिय समाजसेवी धन वहादुर घर्तिले बताए । उनले भने, समितीले स्वास्थ्य सरसफाई सम्वन्धी जानकारी गराउदै सावुन पनि दिदा सवैलाई खुसीलागेको छ, धेरै राम्रो काम भएको छ,कोरोनालाई जित्न सवै मिलेर अगाडी वढ्नु पर्छ,उहाँहरुले आवश्यक पर्ने सवै सहयोग गर्दे आउनु भएको छ, यसरी नै अगाडी वढ्दा समाजलाई धेरै राम्रो हुन्छ ।
यसरी सवै वाडका बिभिन्न खालका उपभोक्ता समितीहरुले सचेतनाका कार्यक्रमहरु अगाडी वढाउने हो भने समाजलाई सभ्य सुन्दर र सफा वनाउ केही गाहौ छैन,।यस्तो कार्यमा सवैले सहयोग गरि सवै ठाउँमा यस्ता कार्यक्रमहरु अवको दिनमा अभियानकै रुपमा अगाडी वढाउन जरुरी छ ।