सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका बिभिन्न क्वारेन्टाइनमा रहेका १२ जनाको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
छत्रदेव गाउँपालिकाको जगतमाता आधारभुत बिधालयमा ८ जना, महेन्द्र बिधाबोद माबिमा १ जना, चौवाहा आधारभुत बिधालयमा ३ जना गरि १२ जनामा कोरोना पोजेटिभ देखिऐको पालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयो ।
भुसालका अनुसार उनिहरुको भोलि नै स्वाव परिक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने तैयारी गरिएको छ ।
उनिहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु रहेको प्रमुख प्रशासकिय अधिकृत भुसालले टेलिफोनमा जानकारी दिनु भयो ।