अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगरप्रमुखको फेसबूक पेजमा विवादास्पद कमेन्टहरु लेखेको आरोपमा प्रकाउ परेका २ जना रिहा भएका छन् ।
नगरप्रमुखले आफ्नो फेसबूक पेजमा विवादास्पद कमेन्टहरु लेखेको भन्दै उजुरी दिएपछि प्रकाउ परेका २ जनाले अबदेखि विवादित, नकारात्मक कमेन्टहरु नलेख्ने सर्तमा इलाका प्रहरी कार्यालय ठाडाबाट रिहा भएका हुन् ।
प्रकाउ परेका स्थानिय युवाहरु बसन्त बेल्बासे र सन्तोष बेल्बासेले इलाका प्रहरी कार्यालय ठाडाले अबदेखि विरोधात्मक, नकारात्मक कमेन्टहरु नलेख्ने गरी छाडेको बताएका छन् । साथै उनिहरुले कमेन्टहरु लेखेर आफुले गल्ती गरेको र अबदेखि उक्त प्रकारको गल्ती नगर्ने गरी माफी मागेर रिहा भएको बताएका छन् ।
जेठ १८ गते नगरप्रमुख अधिकारीले ..शितगंगा नगरपालिका भित्रका विभिन्न स्थानका क्वारेन्टिनमा वस्नुहुने नगरवासीहरुको आर.डि.टी. को लागि तपसील वमोजिमको मिति र स्थान निर्धारण गरिएकोले उक्त स्थानमा गई जाँच गराउन हुन अनुरोध गर्दछु ।.. भनेर गरेको पोष्टलाई लिएर २ जनाले कमेन्टहरु गरेका बताइएको छ ।
उनिहरुले आरडिटि परिक्षण भन्ला पिसिआरमा जोड दिनु पर्ने तथा आरडिटि गर्ने बहानामा बजेट सक्ने योजना मेयरको भन्दै आरोप प्रत्यारोग गरेका थिए । कमेन्टहरुमा नराम्रो शब्द प्रयोग गरी गाली भने गरेका छैनन् । सामान्य असुन्तिष्ठ राख्दै कमेन्टहरु गरेको देखिन्छ ।
यस्तै कमेन्टहरु गरेको अर्को दिन सोमबार नगरप्रमुख अधिकारीले मेरो फेसवुक पेजमा गरिएका कमेन्टहरु तथा सुझावहरुलाई गम्भिरताका साथ हेर्ने गरिएको छु भन्दै अर्को पोष्ट गरेका थिए ।
यस्त छन् कमेन्टहरु: