चुत्राबेसीको जनज्योति मावी क्यारेन्टाइनमा आर्युवेद औषधि, योगा नृत्य -ध्यान हास्य सेवा प्रदान (भिडियो, फोटो सहित)
जेष्ठ २२ गते, २०७७ मा प्रकाशित
अशोक खनाल
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसी स्थित श्री जनज्योति मावी क्यारेन्टाइनमा आर्युवेद औषधिहरु, योगा नृत्य ध्यान हास्य लगायतका सेवाहरु प्रदान गरिएको छ ।
सामाजिक बिकाश मन्त्रालय प्रदेश न. ५ बुटवलको निर्देशन अनुसार आर्युबेद चिकित्सक पध्दती द्वारा कोरोना भाइरस ( कोबिड १९) नियन्त्रण तथा ब्याबस्थापनको बिषयमा जारी गरिएको श्रोत सामाग्री २०७७ बमोजिम दोस्रो चरणको अभियान अन्तरगत जिल्लाको सन्धीखर्क नगरपालिकाको जनज्योति क्यारेन्टाइन स्थलमा पुगि विभिन्न किसिमका आर्युवेद औषधिहरु गुड्की चुर्ड, आमलकी चुर्ड,आश्वगन्धा चुर्ड, सुत्केरी महिलाको लागि सताबरीचुर्ड लगायत बितरण गर्नुका साथै योगा नृत्य ध्यान हास्य लगायतका सेवाहरु प्रदान गरिएको हो ।
उक्त क्यारेन्टाइन स्थलमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, आर्युबेद स्वास्थ केन्द्र सन्धीखर्कका प्रमुख डा. अर्जुन राज शर्मा, वार्ड न. २ का अध्यक्ष मोतिजङ रायमाझी, १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुदाली नेकपा सन्धिखर्कका इन्चार्ज राजेन्द्र भुसाल, कबिराज कमल प्रसाद आचार्य , बैध पशुपति पन्थी स्थानीय वार्डका प्रतिनिधि, समाजसेवी बिना पन्थी लगायतको उपस्थिति रहेको थियो ।