खाँचीकोटको डिहिडाँडा क्वारेन्टाइनमा रहेका ५५ जनालाई पोषण युक्त खाना प्रदान

बसन्त खड्का 
खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडा क्वारेन्टाइनमा रहेका स्थानियहरुलाई पोषण युक्त खाना सहयोग प्रदान गरिएको छ । 
खाँचीकोटको डिहिडाँडाका निरज भट्टराई र डिहीकी मिना बस्याल भट्टराईले डिहिडाँडा क्वारेन्टाइनमा रहेका ५५ जनालाई मासु सौजन्य गर्नुभएको केशब घिमिरेले अर्घाखाँचीडट्कमलाई बताउनुभयो ।  यस्तै खाँचीकोटमा दिनका दिन यसरी सहयोग गर्नेहरुको घुईचो बढेको छ। 
उता जेठ १९ गते सोमबार खाँचीकोटका क्वारेन्टाइनमा रहेका २६ जनाको पिसीआर परिक्षणका लागि स्वाव  जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ ।
जसमा भारतबाट आएकालाई खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइनमा रहेका १६ जना, चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा १० जनाको पिसीआर परिक्षणका लागि स्वाव  जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको हो ।
खाँचीकोटमा पछिल्लो समय भारतबाट आउने स्थानियबासीको संख्या बढेको छ । 

अन्य समाचारहरु