किमडाँडामा क्वारेन्टाइन बसेकालाई खाद्य सामाग्री र सुरक्षा सामाग्री प्रदान

अर्घाखाँचीडट्कम संवाददाता 
किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ८ किमडाँडाका क्वारेन्टाइनमा बसेकाहरुलाई खाद्य सामाग्री र सुरक्षा सामाग्री प्रदान गरिएको छ ।
सन्धिखर्क ८ किमडाडा घर भएका उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, निर्माण व्यवसायी संघका कोषाध्यक्ष भोजराज भुसाल र नेपाली कांग्रेसका नेता तथा समाजसेवी हुमप्रसाद बन्जाडेले खाद्य सामाग्री र सुरक्षा सामाग्री प्रदान गर्नु भएको हो ।
जनता कृष्ण मावि पकले र जनता आधारभुत विद्यालय नेपाली चौरको क्वारेन्टाइनमा बसेका ५६ जनालाई मासु, अण्डा, माक्स , काक्रा , खिर खाने दुध सहितका आबश्यक सामाग्री प्रदान गरिएको हो ।
वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको उपस्थितिमा उक्त सामाग्री प्रदान गरिएको हो ।

अन्य समाचारहरु