ढाकावाङमा स्व.कुलानन्द बन्जाडेकी धर्मपत्नी गुमादेबीको ७२ बर्षको उमेरमा निधन


श्याम घिमिरे
ढाकाबाङ, अर्घाखाँची जेठ २५ ।  अखिल नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय अध्यक्ष , शैक्षिक सामाजिक एवं बौद्धिक व्यक्तित्व स्व.कुलानन्द बन्जाडेकी धर्मपत्नी तथा संघका बर्तमान केन्द्रिय उपाध्यक्ष कमला बन्जाडेकि ममतामयी माता गुमादेबी बन्जाडेको निधन भएको छ । भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकाबाङ अमलाचौर निवासी बन्जाडेको सनिवार ७२ बर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।
नेकपा मसालकी पार्टी सदस्य, अखिल नेपाल महिला संघकी पुर्ब जिल्ला सदस्य तथा स्व.कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानकी संस्थापक संरक्षक समेत रहनुभएकी बन्जाडेको सनिबारै स्थानिय घाटमा दाहसंकार गरीएको छ । उहाँको पार्थविक शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले पार्टीको झण्डा ओढाई अन्तीम श्रद्धाञ्जली प्रकट गर्दे मुलुकको आमुल परीबर्तनमा स्व.बन्जाडेको अहम भुमिका रहेका भन्दै उहाँको योगदानको पार्टीले सधै उच्च सम्मान गर्ने बताउनु भयो ।
शोक सभामा मनतब्य राख्दै राजमो पुर्ब केन्द्रिय सदस्य तथा बामपंन्थी नेता सागर केसिले स्व. गुमादेबि बन्जाडेले निरंकुसता बिरुद्धको संघर्ष र बाम आन्दोलनमा लागेका नेता तथा कार्यकर्ताहरुको संरक्षण गर्ने जस्ता महान कार्यमा उच्च योगदान पु¥याउनु भएको स्मरण गर्दै गुमादेबि बन्जाडेको निधनले पार्टीले ठुलो क्षेति व्यहोर्नुुपरेको बताउनु भयो ।
अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रिय का.वा अध्यक्ष लोकराज भुसालले कम्युनिष्ट आन्दोलनप्रति निरन्तर र प्रतिबद्धताका साथ मजदुर र किसानबर्गको मुक्तिका पक्षमा सतिसाल जस्तै उभिनु भएकी व्यक्ति गुमाउदा आफुहरु निकै दुखी हुनु परेको बताउनुभएको थियो । शोक सभा राजमो वडानं. २ का सचिब नारायण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।