सन्धिखर्कका खानेपानी उपभोक्ताहरुलाई २ महिनाको २५% छुट दिदै महशुल बुझाउन ताकेता

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कका खानेपानी उपभोक्ताहरुले असार र साउनको महशुलमा २५ प्रतिशत छुट पाउने भएका छन् । 
सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता मुल संस्थाको आज आईतबार बसेको समितीको बैठकको निर्णय अनुसार विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस रोगलाई मध्यनजर गर्दै उपभोक्ताहरुको हितलाई ध्यान दिई असार र साउनको कुल महशुलको २५ प्रतिशत छुट गरि रक़म बुझ्ने भएको हो । 
यस्तै सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता मुल संस्था तोकिएको मिती भित्र खानेपानी महशुल नबुझाएमा जरिवाना शुल्क लाग्ने भन्दै पैसा तिर्न ताकेता गरेको छ । उता करिव ३ महिनादेखि लकडाउनका कारण घरमा थुनिएर बसेका उपभोक्ताहरुले भने समयमा तिर्ने नसक्न्ने बताएका छन् । 

अन्य समाचारहरु