हरि कुँवर
अर्घा, अर्घाखाँची जेठ २७ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -९ अर्घा मसुरपाटामा लकडाउनको समयलाई स्थानीयले सदुपयोग गरेका छन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ नोवेल कोरोना भाईस ले विश्व नहि तहसनहस बनाएको अवस्थामा अर्घाका स्थानीय हरु ले अर्घा मसुरपाटामा रहेको खेलमैदानमा ढुंगा गिट्टी फुटाउने कार्यमा व्यस्त रहेका छन्।
वैदेशिक रोजगार बाट आउनेको संख्या बढेको छ । अर्को तर्फ दैनिकी चलाउन गाह्रो परिरहेको छ । लकडाउ को कारण देखाउदै धेरै का जागीर खोसिएका छन । गरिबको घरमा चुल्हो बाल्न हम्मेहम्मे परि रहेको बेला दिनरात मेहनत गरि फुटालिएको गिट्टी बेच्न नपाउदा मजदुरहरु लाई मार परेको स्थानीय सुरेन्द्र बिक बताउछन ।
अर्घाको मसुरपाटामा दैनिक १०० देखी १५० जना युवा युवती वृद्धले गिटी र ढुङ्गा फुटाउने काम गरिरहेका छन । एक टेक्टरको गिट्टी रु ३०००देखि ३५०० सम्म ढुङ्गा १३००-१५०० जति दाम परे पनि मजदुरहरुले बजार नपाउदा दुख खेपिरहेको स्थानीय रमेश थापाले बताए । थापाका अनुसार कसैले गिट्टी घरमा लगेका छन भने अझै दुई सय ट्रली जति ढुंगा पचास ट्रली जति गिट्टी रहेको बताए ।