अर्घाखाँचीमा सरकारी कर्मचारी, साथी सहकारी लगायतले गरे कोरोना बीमा

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका बिशिस्ट सरकारी अधिकारी विशिष्टी ब्यक्तिहरुले समेत धमाधम आफ्नो ब्यक्तिगत तथा पारिवारिक  कोरोना बिमा गराउन सुरु गरेका छन् भने सन्धिखर्क चुत्राबेसीमा  रहेको साथी बचत तथा ऋण सहकारी लिमिटेडले आफ्ना कर्मचारी तथा पदाधिकारीहरुको  कोरोना बिमा  बिमा गरेको शिखर इन्सुरेन्स अर्घाखाँचीका प्रमुख लक्ष्मण केसीले जानकारी दिनु भयो ।
पछिल्लो समय नेपालको तराई क्षेत्रमा तथा पहाडी क्षेत्रमा  कोरोना संक्रमणको अवस्था निकै फैलदै गएपछि स्थानिय तहले कर्मचारी र जनप्रतिनिधिको  कोरोना भाइरस बीमा गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।
कर्मचारी र जनप्रतिनिधिहरु फ्रन्टलाईनमा रहेर सेवा दिइरहेको अवस्थामा उनीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको हुदाँ कोरोना बीमा गरिएको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले अर्घाखाँचीडट्कमलाई बताउनु भयो  ।
 
बिमा क्षेत्रमा बिश्वास कमाउदै शिखर इन्स्योरेन्स कम्पनी,अर्घाखाँचीमा पनि बिमा गर्नेहरु बढे
कर्मचारी र जनप्रतिनिधिहरुको  जनही एक लाख बीमा रकम पाउने गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अर्घाखाँची स्थित शाखाबाट बीमा गरेको इन्स्योरेन्सका अर्घाखाँची शाखा प्रमुख युवा ब्यबसायी सफल उधमी  लक्ष्मण के.सीले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
 
गत बैशाख ७ गते देखी नेपालमा संचालीत बीमा कम्पनीहरुले १ लाख र पचास हजार रुपैयाको कोरोना बीमा गर्दै आएका छन् भने शिखर ईन्सुरेन्समा बिमा गर्नेको संख्या निकै धेरै छ अर्घाखाँचीका स्थानिय तह सरकारी कार्यालय संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुको  । 
एक लाखको बीमा गर्दा जनही १००० र पारिवारीक एवं संस्थागत गर्दा  ६०० रुपैयाका दरले गर्न सकिने र पचास हजारको जनही ५०० र पारिवारीक तथा संस्थागत बीमा गर्दा ३०० रुपैयाका दरले बीमा गर्न सकिने गरि सुविधा दिईएको शिखर अर्घाखाँचीका प्रमुख लक्ष्मण केसीले जानकारी दिनु भयो । 
कोरोना बीमा अन्तर्गत  बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि भएमा –पिसिआर रिपोर्ट पोजेटिभ भएमा बीमीतलाई तत्कालै भुत्तानीको प्रावधान रहेको समेत  के.सीले बताउनु भयो । छोटो समयमा बिश्वास जित्न सफल सिखर ईन्सुरेन्समा बिमा गर्नेको सख्या निकै धेरै छ ।

अन्य समाचारहरु