प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । हिजो सन्धिखर्क नगरपालिकाका उपमेयर सहित ३१ जनामा संक्रमण पुष्टी भएपछि नगरपालिका भित्र काम गरेका र उप प्रमुखसँग सम्पर्कमा आएका एक सय ३० जनाको स्वाब परिक्षणका लागि पठाइएको छ ।
सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, र उपमेयर संग सम्पर्कमा रहेका गरी एक सय ३० जनाको जनाको स्वाव संकलन गरी परिक्षणका लागि प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनु भयो ।
आज स्वाव संकलन गरी परिक्षणको लागी पठाईएको र पिसीआर रिपोर्ट नआउदासम्म नगरपालिकाका समपुर्ण कामकाज बन्द भएका छन् । सबै कर्मचारीहरुलाई होम क्वारेन्टिनमा छुट्टै कोठामा बस्न अनुरोध गरिएको र पिसिआर रिपोर्ट नआउदा सम्म कार्यालयको सम्पुर्ण कामकाज तथा सेवा समेत बन्द रहने प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले जानकारी गराउनु भयो ।
सोमवार पुष्टी भएका ३१ जनामा सन्धिखर्क नगरपालिकाका उपमेयर, सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना रहेका छन् । सन्धिखर्क ६ का भृकुटी आधारभुत विद्यालय र विद्या विनय आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । ७ नम्वर वडाका चन्द्र प्रभा मावि र आदर्श माविको क्वारेन्टाइनमा बसेका थिए । पाणिनि गाउँपालिका ७ को शिव मदन माविको क्वारेन्टाइनमा बसेका २० बर्षिय एक जना पुरूष र शितगंगा नगरपालिका १० को जनजागृती माबि क्वारेन्टाइनमा बसेका १८ बर्षिय एकजना पुरूषमा कोरोना देखिएको थियो ।
संक्रमित सवैजनालाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आईसोलेसन भवनमा राखिएको छ । उपमेयर भने होम क्वारेन्टिनमा वस्ने छन् ।